Scholarship Opportunities
CHBEA believes talent should never be held back by financial constraints. We offer a range of scholarships and aid programs.
छात्रवृत्ति तथा छात्रवृत्ति प्रवेश परीक्षा विनियमावली २०८२
यस चक्रवर्ती कानुनी क्याम्पसको (Chakrabarti Law College) छात्रवृत्ति र सहुलियत पूर्वाञ्चल विश्वविद्यालय छात्रवृत्ति तथा छात्रवृत्ति प्रवेश परीक्षा विनियमावली २०८२ अनुसार प्रदान गरिनेछ। छात्रवृत्ति प्रदान गर्दा पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षाशास्त्र संकायले सञ्चालन गर्ने "छात्रवृत्ति प्रवेश परीक्षा" बाट निर्धारण गरिनेछ। छात्रवृत्तिको प्रकार दुई किसिमको निर्धारण गरिएको छ। पहिलो जेहेन्दार छात्रवृत्ति र दोस्रो आरक्षित छात्रवृत्ति। जेहेन्दार छात्रवृत्ति विद्यार्थीहरूको Merit List को आधारमा प्रदान गरिनेछ भने आरक्षित छात्रवृत्तिमा पछाडि परेको वर्ग, क्षेत्र, जातजाति र लिङ्ग आदिको आधारमा प्रदान गरिनेछ। पूर्वाञ्चल विश्वविद्यालयको छात्रवृत्ति सम्बन्धी विनियमावली यसै साथ संलग्न छ, हेर्नुहोस्।